पतौरा पुरातात्त्विक महादेव मन्दिर,अन्तर्राष्ट्रिय स्तरमा सम्मानित छ : पल शाह 



पतौरा पुरातात्त्विक महादेव मन्दिर

काठमाडौँ । नायक पल शाहले रौतहट मौलापुरमा आयोजित “मधानी विशेष सांस्कृतिक कार्यक्रम”  सहभागी हुन पाउँदा आफू धेरै खुसी भएको बताएका छन् । रौतहटको मौलापुरमा गत शुक्रवारदेखि मधानी महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दाले समेतको प्रस्तुति रहेको थियो। सोही कार्यक्रममा अन्य चिर परिचित कलाकारहरूको पनि सहभागिता रहेको थियो ।

मौलापुर कार्यक्रममा पुगेका पल शाहले मौलापुर नगरपालिकाका कामहरू तारिफ योग्य  रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘शिबरात्रीको अवसर पारेर रौतहट मौलापुरमा आयोजित “मधानी बिशेष सांस्कृतिक कार्यक्रम”मा मलाई आमन्त्रण गर्नु भएकोमा माननिय प्रभु साह ज्यु र नगरप्रमुख रीना कुमारी साह ज्युलाई विशेष धन्यवाद। पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्पका साथ मौलापुर नगरपालिकाले गर्दै आएकोमा नगरपालिकालाई सफलता प्राप्त होस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

मौलापुर नगरपालिकामा पुगेर मैले अझ बढि त्यहाँको बारेमा जान्न पाएँ, साँच्चिकै मौलापुर नगरपालिकाका कामहरु तारिफ योग्य रहेछन ।नगरपालिकाले
– स्कुल जाने छात्राहरुलाई नि:शुल्क साइकल / नि:शुल्क ल्यापटप,
– पानी बिजुलीमा कर मुक्त,
– निम्न आय भएका घर परिवारलाई आर्थिक सहयोग जस्ता कार्यहरु गर्दै आएको रहेछ, यो तारिफ योग्य कामको लागी नगर प्रमुख रीना कुमारी साह ज्युलाई विशेष धन्यवाद l’
प्रतिक्रिया दिनुहोस्