आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै



काठमाडौँ । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ । बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली काङ्ग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो । नयाँ गठबन्धन बनेपछि अध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । राष्ट्रिय सभामा माओवादी नै पहिलो दलसमेत हो ।

प्रतिक्रिया दिनुहोस्