प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाका सांसदलाई ह्विप



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।
विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित  संसदीय दलको कार्यालयमा बैठक बसेको थियो । रास्वपाका २१ सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्