पोखरा पर्यटकीय राजधानी घोषणा



काठमाडौँ । कास्की जिल्लाको पोखरा सहरलाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय सङ्गम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरालाई आजदेखि मुलुकै पर्यटनको लागि राजधानीको रूपमा नेपाल सरकारबाट घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस्