एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो



बार्सिलोना

काठमाडौँ । बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुवै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरेका थिए। बार्सिलोना पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएको थियो। जाभीले दोहोरो पहेंलो कार्डको सामना गर्दै ४२ औं‌ मिनेटमा मैदान छाडेका थिए।

त्यसअघि खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।

दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा फर्मिन लोपेजले अर्को गोल थपेपछि टोलीको‌ जित सहज बन्यो । मोलिनाले इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्डको सामना गरेका थिए।

जितपछि जिरोना (६२ अंक) लाई पछि पार्दै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लेको‌ छ । २९ खेलबाट बार्सिलोना ६४ अंक पुगेको छ । शीर्ष स्थानको रियल मड्रिडको ७२ अंक छ । घरेलु मैदानमा सिजनको पहिलो हार बेहोरेको एट्लेटिको ५५ अंकका साथ लिगको पाँचौं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्