सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै



साझा न्यूनतम कार्यक्रम

काठमाडौँ । सत्तारुढ गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । ५ दल सम्मिलित १० सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज सार्वजनिक गर्न लागिएको हो ।

शनिवार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । उक्त मस्यौदामाथि शीर्ष तहमा छलफल गरेर आज सार्वजनिक गर्न लागिएको हो ।

न्यूनतम साझा कार्यक्रममा संविधानको कार्यान्वयन र रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम जनतामा आशा र विश्वास जगाउने, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्ने तथा समग्रमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने विषय राखिएको  जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्