लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा



manchester united

काठमाडौँ । लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो ।

निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय युनाइटेडले बाजी मार्‍यो । खेलको १०औँ मिनेटमा स्कट मकटोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्य तिर नै युनाइटेडले दुई गोल खान पुग्यो ।

४४औँ मिनेटमा डार्विन नुनेजको क्रसमा एलेक्सिस मक्यालिसटारले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाए ।

त्यसपछि युनाइटेडका लागि खेलको ८७औँ मिनेटमा एन्टोनीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेले । १०५औँ मिनेटमा हार्भि एलियटले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर पोस्ट भित्र गएपछि लिभरपुल खेलमा पुनः अगाडि पुगेको थियो । तर १-२औँ मिनेटमा युनाइटेडले पुनः बराबरी गर्यो । मकटोमिनेको पासमा मार्कस र्यासफर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पेनाल्टी शूटआउट तर्फ गइरहेको खेलमा युनाइटेडले अन्तिम मिनेटमा गोल गर्दै जित निकाल्यो । अतिरिक्त समयको पनि इन्ज्युरी समयमा काउन्टर अट्याकमा अलेहान्द्रो गार्नाचोको पास सदुपयोग गर्दै अमाद डियालोले गोल गर्दै जित दिलाए ।

युनाइटेडको जित संगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । सेमीफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्