दीपक मनाङे चौथो पटक मन्त्री बन्दै



दीपक मनाङे

काठमाडौँ । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएको छ ।

मनाङेले  स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् । अहिले गण्डकीको राजनीतिमा ट्विष्ट भएको छ । नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्‍याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ । काँग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस्