महरालाई सरकारी वकिल कार्यालय लगियो



काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो । भेपमार्फत गरिएको करिब ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्