पूर्वराजदूत बोलाएर परराष्ट्रमन्त्री श्रेष्ठले मागे सुझाव



काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदूतहरुसँग सुझाव मागेका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले बुधबार नेपालबाट विभिन्न देशमा राजदूतको जिम्मेवारी सम्हाली सेवानिवृत्त भएका पूर्वराजदूतहरुलाई मन्त्रालयमा बोलाएर सुझाव मागेका हुन् ।

परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दूतावासबिचको समन्वय र छिमेकी देशहरूसँगको सम्बन्ध लगायत विभिन्न विषयमा छलफल कुराकानी भएको जनाइएको छ ।

मन्त्रीसँगको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बगंलादेशका लागि नेपालका पूर्वराजदूत मोहन लोहनीले पूर्वराजदूतहरुले राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा जोड दिएको बताए । नेपालको अहिलेसम्मको विदेश नीति सकारात्मक दिशामा रहेको र यसलाई अझ सुदृढ पार्न सुझाव दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्