नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन



द फिल्म नेपाल

काठमाडौँ । नेपाली सिनेमा सम्बन्धी सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ सञ्चालनमा आएको छ । द फिल्म नेपालले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाएको छ ।

नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द ‘फिल्म नेपाल’मा नेपाली सिनेका विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरू उपलब्ध हुनेछन् । प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरू दिनेछ । यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ ।

अहिलेसम्म बनेका नेपाली फिल्महरू, तिनका कलाकार र निर्देशहरूका विषयमा पनि व्यवस्थित तथ्याङ्क यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरूको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ । त्यसबाहेक सञ्चालकहरूले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पु¥याउन सक्ने गरी प्लेटफर्म विकास गरेका छन् ।

नोटिफिकेसन यसको नौलो र फरक फिचर हो । यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बित्तिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ । भविष्यमा यही प्लेटफर्ममार्फत मल्टीप्लेक्सको सिनेमाको टिकक बुकिङको सुविधासमेत थप्ने योजना सञ्चालकको छ ।

‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने योजनाका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो,’ सञ्चालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पु¥याउने अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्