विराटको अर्धशतकमा बैंगलुरूको जित



आईपीएल

काठमाडौँ। विराट कोहलीको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा बैंगलुरूले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो।

बैंगलुरूको यो पहिलो जित हो। शुक्रवार सम्पन्न उद्धघाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले बैंगलुरूलाई ६ विकेटले पराजित गरेको थियो।  पञ्जाबले भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको सुखद् शुरूआत गरेको थियो।

पञ्जाबले दिएको १७७ रनको लक्ष्य पछ्याएको बैंगलुरूले ४ बल बाँकी रहँदा ६ विकेट गुमाउँदै १७८ रन बनायो।

बैंगलुरूका विराट कोहलीले सर्वाधिक ७७ रन बनाए। ४९ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे। रजत पाटिदार १८ र अनुज रावत ११ रनमा आउट हुँदा दिनेश कार्तिक २८ र महिपाल लोमरोर १७ रनमा अविजित रहे। ग्लेन मैक्सवेल, कप्तान फाफ डूप्लेसी र क्यामरून ग्रिन ३र३ रन बनाएर पेभिलियन फर्किए।

पञ्जाबका हरप्रीत बराडा र कगिसो रबाडाले २/२ विकेट लिए। हर्षल पटेल र साम करनको नाममा १/१ विकेट रह्यो। त्यसअघि बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो। पञ्जाबका कप्तन शिखर धावनले सर्वाधिक ४५ रन बनाए। उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

जितेश शर्मा २७, प्रभसिमरन सिंह २५,सैम कुरन २३, लियम लिविगस्टन १७ र जोनी बेयरस्टो ८ रनमा आउट भए। शशांक सिंह २१ र हरप्रीत बरोडा २ रनमा अविजित रहे। बैंगलुरूका ग्लेन मैक्सवेल र मोहम्मद सिराजले २र२ विकेट लिए। अल्जारी जोसेफ र यश दयालको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्