जसपाका मन्त्री अहिरले दिए राजीनामा



जसपा

बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकामा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट आइतबार राजीनामा दिएका हुन् ।

उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन् । चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्