ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको सङ्ख्या सय पुग्यो



ब्राजिल

काठमाडौँ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ ।यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घर छाड्न बाध्य भएका छन् । ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्याङ्क अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा अप्रिल २९ देखि भारी वर्षा भइरहेको छ । जसका कारण राज्यका ४९७ सहरमध्ये ४१४ वटा बाढीको चपेटामा परेका छन् । यो राज्य ब्राजिलको शीर्ष कृषि र पशुपालन राज्य हो । अर्जेन्टिना र उरुग्वेको सिमानामा अवस्थित यस राज्यले वर्षा र बाढीका साथै आँधीको सामना गरिरहेको छ ।

एक अनुमान अनुसार यो वर्षा र बाढीले करिब ४ अर्ब ६० करोड रियालको आर्थिक नोक्सान हुनुका साथै ठुलो मात्रामा आवास तथा पूर्वाधारमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्