काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो



काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । पाँचखाल नगरपालिका वडा नम्बर ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ ।

शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाएको छ ।  शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्