अमिताभ बच्चनले किसानको ऋण तिरिदिए



एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चनले किसानको ऋण तिरिदिएका छन् । उनले किसानको चार करोडभन्दा बढी ऋण तिरिदिएका हुन्  । 

मंगलबार अमिताभ बच्चनले आफ्नो ब्लगमा १ हजार ३ तीन सय ९८ किसानकोे ऋण तिरिदिएर जिम्मेवारी उठाएको लेखेका छन् । उनले लेखेका छन् ‘एक काम पूरा भयो ।’

सबै किसान उत्तर प्रदेशका हुन् । 

उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियासँग सम्झौता गरेर तिरिएको थियो । उनले २६ नोभेम्बरमा आफैँले किसानहरुलाई बैंकको ऋण भुक्तानको पत्र दिनेछन् । 

बच्चनले ऋण भूक्तानको पत्र दिनका लागि ७० जना किसानलाई मुम्बई बोलाएका छन् । उनीहरुलाई मुम्बई ल्याउनका लागि ट्रेनको एक डिब्बा बुक गरेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्