शृङ्खला खतिवडालाई यसरी हालौँ भोट



काठमाडौँ: सुन्दरीहरूको विश्वव्यापी प्रतियोगितामा सहभागी हुन र मिस वर्ल्डको ताज नेपाल भित्राउने उद्देश्यले मिस नेपाल २०१८ शृङ्खला खतिवडा अहिले चीनमा छिन् । चीनमा अहिले विश्व सुन्दरी प्रतियोगिताको ६८ औ संस्करण चलिरहेको छ । खतिवडालाई कतिपयले मिस वर्ल्डको दावेदार मानेका छन् र उनलाई भोट गर्न सामाजिक सञ्जालमा अभियान समेत चलाइएको छ ।

मिस नेपाल २०१८ को प्रतिस्पर्धामा २४ जनालाई पछाडि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरिन सफल भएकी थिइन् । २२ बर्षीय शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी थिइन् ।

यसअघि मिस वर्ल्डमा भाग लिन गएका मिस नेपालमध्ये इसानी श्रेष्ठ सन् २०१३ मा टप १० सम्म पुग्न सफल भएकी थिईन् भने ब्युटी विथ अ प्रपोजको टाइटल जितेकी थिईन् । त्यसपछि कुनै पनि मिस नेपालहरुले मिस वर्ल्डमा कुनै उपाधी जित्न सकेका छैनन् ।

खतिवडालाई भोट गर्ने तरिका:

खतिवडालाई भोट गर्न पहिले मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृङ्खला सर्च गर्ने र निलो रंगको आइकनमा फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गरेर साथ दिन सकिन्छ ।

मिस वर्ल्डको वेभसाइटमा गएर पनि उनलाई सजिलै भोट गर्न सकिन्छ । श्रृङखलाले सम्पुर्ण नेपालीलाई भोट गरी साथ दिन अनुरोध गरेकी छिन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्