७ नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राजधानी तेघरीमा राख्न प्रस्ताव



काठमाडौँ : प्रदेश नम्बर ७ को नामाकरण र राजधानीलाई लिएर जारी रहेको विवाद टुंगो पुग्ने भएको छ । प्रदेश नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विषेश समितिले मंगलबार प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको हो। सर्वसम्मत समितिले नाममा टुंगो लगाएको हो। 

प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो । तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो ।

प्रदेश यसअघि पनि सुदूरपश्चिमकै नामले चिनिएको थियो । प्रदेश राजधानी गोदावरी नगरपालिका–४ तेघरीमा आर्मी व्यारेक आसपासमा रहने समितिले सिफारिस गरेको छ । अत्तरिया र गोदावरी क्षेत्रको बीचमा तेघरी पर्छ ।

समितिलले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ । यसअघि प्रदेश सातको राजधानी डोटीको दिपायल राख्नुपर्ने मागसहित आन्दोलन पनि भएको थियो । दिपायल तत्कालीन सुदुरपश्चिम विकास क्षेत्रको सदरमुकाम पनि हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्