‘ए’ डिभिजन लिग : थ्रिस्टारलाई हराउने दाउमा मनाङ



काठमाडौँ: पल्सर सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलमा आज सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लब प्रतिस्पर्धा गर्दैछन् । दुई क्लबबीचको भिडन्त दिउँसो साढे २ बजे सुरु हुनेछ ।

 

अपराजित रहेका दुवै टोली एकअर्कालाई पराजित गर्ने दाउमा रहेका छन् । थ्री स्टार फर्ममा कमव्याक गरिरहेको अवस्था छ भने उत्कृष्ट खेल खेलेको मनाङका केही महत्वपुर्ण खेलाडी घाइते छन् । लिगको शीर्ष स्थानमा रहेको थ्री स्टारको २ खेलबाट ६ अंक छ भने गोल भिन्नताका आधारमा मनाङ दोस्रो स्थानमा रहेको छ ।

 

मनाङका खेलाडीहरु घाइते भएपछि समस्या थपिएको छ । मनाङका कप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी घाइते छन् । तर, उनीहरुको अनुपस्थितिमा पनि कडा प्रतिस्पर्धा दिने मनाङको रणनीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्