अष्ट्रेलिया महिला टी–२० विश्वकपको फाइनलमा



काठमाडौँ:  अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता वेष्ट इन्डिजलाई ७१ रनले हराउँदै अष्ट्रेलिया आईसीसी महिला टी–२० फाइनलमा पुगेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

 

उसका लागि एलिसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन् । जवाफमा एक सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेष्ट इन्डिज १७ ओभर तीन बलमा मात्र ७१ रनमा अलआउट भयो ।उसका लागि कप्तान स्टेफानी टेलरले १६ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

 

वेष्ट इन्डिजलाई कम स्कोरमा रोक्न एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्