हलिउड अभिनेता रोबर्ट डि निरोकाे भयाे डिभाेर्स



एजेन्सी : हलिउडका दिग्गज अभिनेता रोबर्ट डि निरोले आफ्नी श्रीमती ग्रेस हाइटावरसँगको २० वर्ष लामो वैवाहिक सम्बन्धमा विराम लगाएका छन्। 

 

निरो निकट पारिवारिक श्रोतको अवाला दिदैं पिपल डटकमले सो खबर छापेको हो। हाल दुबै छुट्टाछुट्टै बस्न थालिसकेको पनि पिपलले जनाएको छ।

 

'कहिलेकाहिँ केहि कुराहरूले तपाईंले सोचेजसरी काम गर्दैनन्' श्रोतले भन्यो।  सन् १९९७ मा यी दुईको विवाह भएको थियो। ७५ वर्षे अभिनेता निरो र उनकी ६३ वर्षिय पत्नी छुटिएको यो पहिलोपटक होइन।

 

सन् १९९९ मा पनि निरोले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए। त्यतिबा छोराको अभिभावकत्वलाई लिएर उनीहरूबिच लामै लडाईं चलेको थियो। पछि दुबैले सो लडाऐलाई आफे मिलाएका थिए जसका कारण डिभोर्सले अन्तिम रूप लिनसकेन। दुबैबाट एक छोरा तथा छोरी रहेका छन्। छोरा २० वर्षका छन् भने छोरी ६ वर्षकी छिन्।

प्रतिक्रिया दिनुहोस्