पार्टी नेतृत्वप्रति पूर्व लडाकूमा चर्को असन्तुष्टि



काठमाडौं : बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे पार्टी नेतृत्वबिरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जनयुद्ध र गणतन्त्रको लागि आफ्नो जीवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा सरकार र नेकपाका अध्यक्ष प्रचण्ड बेखबर बनेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

समितिका अध्यक्ष अषिम लिम्बुले जनयुद्धका घाइते, बेपत्ता र पीडित परिवारहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । त्यस्तै समितिका उपाध्यक्ष यज्ञबहादुर कार्कीले गणतन्त्रको लागि रगत बगाउनेहरुले विष सेवन गरेर मर्नुपर्ने स्थिति आउनु दुःखद् रहेको गुनासो पोखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्