फिल्म प्रमोसनमा कैटरिना नजाने



एजेन्सी : कैटरिना कैफ अहिले ‘भारत’ फिल्मको सुटिङका लागि लुधियानामा छिन् । यसअघि उनी अमिर खान र अमिताभ बच्चन अभिनीत ‘ठग्स अफ हिन्दुस्तान’ मा छोटो भूमिकामा देखिएकी थिइन् । तर, धेरै महत्वाकांक्षा राखिएको यो फिल्म भारतमा फ्लप भयो ।

यही फिल्म चीनमा रिलिज हुँदै छ, र प्रमोसनका लागि निर्माण पक्षले कैटरिनालाई पनि लैजाने इच्छा देखाएको छ ।  यसअघि कैटरिना ‘भारत’ फिल्मको सुटिङबाट ब्रेक लिएर चीन जाने  बताइएको थियो । 

तर, फिल्मको निकै खराब व्यापारपछि कैटले मुड परिवर्तन गरेकी छिन् । ३ सय करोड भारुमा बनेको ठग्स अफ हिन्दुस्तानले अहिलेसम्म १ सय ४९ करोड मात्रै उठाउन सकेको छ ।

प्रतिक्रिया दिनुहोस्