फेरिँदो धरानमा नेपथ्य साँझ



धरान : कुनै समयपूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरानशुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ । स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोडपछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । रंगशाला परिसरमा झण्डै चार हजार दर्शकको उपस्थितीमा शो सम्पन्नभएको थियो ।

 

‘पहिले जुन स्थानमा लाहुरे भर्ती केन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलनागर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यतामापन गर्ने ठाउँ अहिले आममानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छजसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ।’

 

धरानमा कन्सर्टको आयोजना नै विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसीकफी आवर’सँगमिलेर गरेको हो। यो यात्राको निम्ति तय गरिएको समयअर्थात् ठीक पौने छ बजे कन्सर्ट सुरुभएको थियो। प्रारम्भ सँधैजस्तै ‘सा कर्णाली’म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’बाट निरन्तरतादिइएको थियो।

 

कवितुलसी ‘दिवस’ले वाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रुपमातयार पारेको हो। यतिबेला राष्ट्रले नै मान्ने कवि ‘दिवस’ छेउकै धनकुटाका हुन्। उनको सम्मानमै नेपथ्यले छिमेकी धरानका लागि यस गीतको छनौट गरेको थियो । त्यसपछि मञ्चमा उक्लेको नेपथ्य टिमले ब्याण्डकै पहिलो रेकर्डेड गीत ‘आँगनै भरि’  बाट सुरुवात गरेको थियो।

 

स्थापनाको रजतवर्ष मनाउदै गरेको क्षण ब्याण्डले आफूसँग आजसम्म आवद्धता राखेका पुराना साथीहरुको स्मरण पनिगर्दैआएको छ। यस गीतलाई प्रस्तुतगर्दा पृष्ठभागमा नेपथ्यका पुराना सदस्यहरुकाविभिन्न कालखण्ड र घटनाहरु दर्शाउने गरि तस्बिर प्रस्तुत गर्ने गरिएको छ। धरानमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर १० गते बुटवलहुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्