‘हेरा फेरी’को सिक्वेल छाडेर रोहित सेट्टीको ब्यानरमा अक्षय



एजेन्सी : बलिउडमा कैयौं एक्सन फिल्मको निर्देशन गरेका रोहित सेट्टीले अक्षय कुमारलाई लिएर नयाँ फिल्म बनाउने सुर कसेका छन् । आफूले बनाउन लागेको आगामी फिल्ममा उनले अक्षयलाई नै लिड रोल दिने भएका छन् ।

 

उनी अहिले आगामी फिल्म ‘शिवा’को पोस्ट प्रोडक्सनलाई लिएर बिजी छन् । जसमा रणवीर कपुर र सारा अलि खानलाई मुख्य भूमिकामा उतारिएको छ । फिल्ममा रणवीरले पुलिसको भूमिका निभाएका छन् । 

शिवाको रिलिजपूर्व नै रोहित सेट्टीले नयाँ प्रोजेक्ट सुरु गरेका छन् । उनले अक्षय कुमारलाई लिएर फिल्म बनाउन लागेका छन् । जसको सुटिंग आगामी वर्षको मे महिनामा गरिने समेत तय भइसकेको उनले बताएका छन् । सूत्रका अनुसार अक्षयले पनि उक्त फिल्म खेल्नेबारे सहमति जनाइसकेका छन् । उनले फिल्मका लागि समयसमेत दिइसकेका छन् ।

 

अक्षयले यसअघि फिल्म ‘हेरा फेरी’का लागि उक्त समय छुट्याएका थिए । तर, बीचमै अक्षयले त्यस निर्णय बदलेर रोहित सेट्टीका लागि काम गर्ने आधिकारिक धारणा व्यक्त गरेका छन् । अब बन्ने फिल्म रोहित सेट्टीसँगको पहिलो हुनेछ । अक्षय अहिले प्रदर्शनमा आउँदै गरको उनको फिल्म २.० मा व्यस्त छन् । जसमा उनलाई नेगेटिम रोलमा देखिनेछ ।    

प्रतिक्रिया दिनुहोस्