बलिउडमा १७ वर्ष बिताएका अर्जुन रामपाल ‘हिरो’ कम ‘भिलेन’ ज्यादा



एजेन्सी : १९७२ नोभेम्बर २६ अर्थात आजकै दिन मध्य प्रदेशको जबलपुरमा अर्जुन रामपालको जन्म भएको थियो । १७ वर्षको बलिउड यात्रामा उनले निकै संघर्ष गर्नुपरेको थियो ।

 

बलिउडमा उनले सजिलै प्रवेश पाएका थिएनन् । मोडलिङमा भने उनी अगाडि थिए । फिल्म लाइनमा संघर्ष गर्दा गर्दै उनलाई सन् २००१ मा एक फिल्ममा काम गर्ने अवसर मिल्यो । जुन ‘प्यार इश्क और मोहब्बत’ थियो । फिल्म हिट पनि भयो । यस फिल्मबाट उनले कैयौं डेब्यु अवार्डसमेत पाए । उनी आउँदै गरको उनको फिल्म रक अन २ लाई लिएर अहिले बिजी छन् । जसमा उनीसँगै श्रद्धा कपुर पनि छिन् ।

 

उनलाई पहिलो फिल्मबाटै अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी ( आईआईएफए) बाट फेस अफ दी इयरले सम्मान गरिएको थियो । उक्त फिल्मा उनले निभाएको चरित्रको त्यसबेल चौतर्फी प्रशंसा भएको थियो ।

 

बलिउडमा नेगेटिभ क्यारेक्टरमा समेत उत्तिकै महत्वपूर्ण भूमिका निभाएका उनलाई पछि २००७ मा प्रदर्शित ‘ओम शान्ति ओम’बाट समेत उत्कृष्ट भिलेनको अवार्ड मिलेको थियो । जुन फिल्म नै उनको बलिउड जीवनमा पहिलो कमर्शियल फिल्म मान्ने गरिन्छ ।

 

लगत्तै सन् २००८ मा आएको ‘रक अन २’का लागि उनले फिल्म फेयर अवार्ड नै पाएका थिए । १७ सालको बलिउड करिअरमा फरक फरक चरित्र निभाएका छन् । उनको ड्याडी, डन, राजनीति, रा–वन, मोक्ष, हाउसफुल, पल्टन जस्ता सानदार फिल्म हिट छन् । 

प्रतिक्रिया दिनुहोस्