प्रहरीको टिभी प्रहरीकै हाकिमले चोरेको भन्दै उजुरी



पर्वत : पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् । 

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ ईन्चको एलसिडी टिभी चोरिएको आरोप लगाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्