कैलालीमा बस दुर्घटना, २५ घाइते



कैलाली : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा मंगलबार बिहान बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ६ ख २८५४ नम्बरको बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको हो ।

चौमालास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीका अनुसार दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल लगिएको छ ।

बसको ठक्करले पुलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्