बीस वर्षपछि उस्ताद जाकिर हुसैन काठमाडौंमा



काठमाडौं : २० वर्षको लामो अन्तरालपछि तबलाबादक उत्साद जाकिर हुसैनको एकल बादन काठमाडौंमा हुने भएको छ । लैनचौरस्थित इन्डिया हाउसमा मंगलबार साँझ आयोजना हुने हुसैनको नेपालमा आयोजना हुने यो तेस्रो कार्यक्रम हो । 

यसअघि सन् १९९७ मा उनी बाँसुरीबादक हरिप्रसाद चौरसियासँग काठमाडौंको मञ्चमा प्रस्तुत भएका थिए । त्यसपछि सन् २००२ मा सारंगीवादक उस्ताद सुल्तान खानसँग उनको वादन श्रवण गर्ने अवसरमा काठमाडौंमा जुरेको थियो ।

१९८८ मा ३७ वर्षको उमेरमा पद्मश्री पुरस्कार पाएका हुसैन सन् २००२ मा पद्मभूषणबाट सम्मानित भएका थिए । पद्मश्री पुरस्कार पाउने उनी सबैभन्दा कान्छो उमेरका व्यक्तित्व हुन् । १९५४ बाट दिन थालिएको पद्मभूषण भारत सरकारले प्रदान गर्ने तेस्रो ठूलो नागरिक सम्मान हो । 

हुसैनलाई संगीत फाँटका सबैभन्दा प्रतिष्ठित ग्रेमी अबार्डबाट सन् १९९२ र २००९ सम्मानित गरिएको थियो । उनको पहिलो एल्बम लिबिङ इन द मेटेरियल वर्ल्ड सन् १९७३ मा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्