स्थापना दिवसमा नेभ्लाकाे पशु खाेप र नि:शुल्क शिक्षा अभियान



कैलाली : 'दिगो विकास एवम समृद्ध नेपाल निमार्णमा पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिहरुको सक्रियता आजको अपरिहार्यता' भन्ने मुल नाराका साथ नेभ्लाको २९ औं स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम सुदूरपश्चिम प्रदेशभर भव्यताका साथ सम्पन्न भएको छ । 

 

नेपाल पारा भेटनरी एण्ड लाइभष्टोक एसोसिएसन जिल्ला कार्य समिति कैलालीले नेभ्लाको २९ औं स्थापना दिवसको अवसरमा मंसिर १० गते एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

 

उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविरमा रेबिज खोप, खोरेत खोप तथा पशु बन्ध्याकरण सेवा प्रदान गरेको थियो । शिविर कैलाली जिल्लाकै निकै विकट तथा दुर्गम मानिने गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ मा सञ्चालन भएको हो । 

 

शिविरबाट झण्डैं २५ सय पशुहरुलाई सेवा प्रदान गरेको जसमध्ये २ हजार पशुहरुलाई नि:शुल्क खोरेत रोग विरुद्ध खोप, तिन सय संख्यामा रेबिज खोप साथै दर्जनौ संख्यामा पशु बन्ध्याकरण सेवा प्रदान गरिएको नेभ्ला कैलाली जिल्ला अध्यक्ष दिपक चौधरीले जानकारी दिए । 

 

नेपाल पारा भेटेनरी एण्ड लाइभष्टोक एसोसिएसन जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको एक दिने निशुल्क पशु स्वास्थ्य शिविरमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी, नेभ्ला सुदूरपश्चिम प्रदेश कमिटी, नेपाल भेट्नरी एसोसियसन सुदूरपश्चिम प्रदेश र गौरीगंगा नगरपालिका वडा कार्यालय ११ को सहयोग रहेको थियो । 

 

औपचारिक रुपमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल भेटेनरी एसोसियसन सुदूरपश्चिम प्रदेश संयोजक वरिष्ठ पशु चिकित्सक डाक्टर बसन्त बहादुर सिंह रहेका थिए । त्यस्तै नेभ्ला कैलाली जिल्ला अध्यक्ष दिपक चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, सरोकावाला लगाएत दर्जनौ पशु प्राविधिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । 


बझाङमा स्कुल शिक्षा कार्यक्रम

त्यस्तै नेपाल पारा भेटनरी एण्ड लाइभष्टोक एसोसिएसन स्थापना दिवसकै अवसरमा नेभ्ला जिल्ला कमिटी बझाङले पनि जिल्लाका विभिन्न स्थानमा नि:शुल्क स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । 

जिल्लाकै निकै विकट मानिने बुङल नगरपालिका १ मा पर्ने भगवती माध्यामिक विद्यालयमा कक्ष ६ देखी १० सम्मका विद्यार्थिहरुलाई नि:शुल्क स्कुल शिक्षा कक्ष सञ्चालन गरेको नेभ्ला बझाङ जिल्ला अध्यक्ष लोकेन्द्र बिष्टले बताए । 

सप्ताह व्यापि रुपमा सञ्चालन भएको कार्यक्रम बुङ्गल नगरपालिकाको वडा नम्बर १ मा पर्ने भगवती माध्यामिक विद्यालयमा मंसीर ७ गते सञ्चालन भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी गरी सयौ संख्यामा उपस्थिती रहेको अध्यक्ष बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्