यी अभिनेत्रीहरु जसको वास्तविक जीवनमा राजपरिवारसँग छ सम्बन्ध



एजेन्सी : केही फिल्महरुमा अभिनेत्रीहरुलाई कुनै राजपरिवारको सदस्यको भूमिका निभाउनुपर्ने अवस्था आउँछ । यद्यपि केही भारतीय अभिनेत्री वास्तविक जीवनमा नै राजपरिवारसँग सम्बन्ध रहेका छन् । जसमध्ये केही यसप्रकार छन् –

१.सागारिका घाटे

चक दे इन्डिया गर्ल र जहीर खान की श्रीमति सागारिका पनि शाहि परिवारकि हुन् । उनि कोल्हापुरको कहल राजपरिवारकी छोरी हुन् । उनको बुवा विजय सिंह घटगे अहिले पनि सत्तामा छन् ।

२. भाग्यश्री

मिरजको शाही पटवर्धन परिवारमा भाग्यश्री जन्म भएको हो । यीनको पूरा नाम श्रीमंत राजकुमारी भाग्यश्री राजे पटवर्धन हो । सांगलीका राजा श्रीमन्त विजयसिंह राव माधव राव पटवर्धन यीनका बुवा हुन् ।

 

३. सोहा अली खान

सोहा नवाबका परिवारसँग सम्बन्ध भएकी नायिका हुन् । उनी पटौदी परिवारकी छोरी हुन् । उनका हजुरबा आठौं पटौदी नवाब थिए । त्यसपछि उनका पिता मन्सुर अली खान पटौदीमा जिम्मेवारी आएको थियो । शर्मिला टैगोर सोहाकी आमा हुन् भने सैफ अली खान भाइ हुन् ।

४. रिया र राइमा सेन

सेन दिदिबहिनी शाही परिवारसँग सम्बन्धित छन् । यीनिहरुको आमा र बुवा दुवै परिवारमा पनि राजपरिवारको रगत छ ।

५. सोनल चौहान

चर्चीत सोनल चौहान उत्तरप्रदेशको शाही राजपूत परिवारकी छोरी हुन् ।

६. अदिति राव हैदरी

देख्नमा पनि कुनै राजकुमारी जस्तै देखिने अदिति पनि राजपरिवारसँग सम्बन्ध भएकी नायिका हुन् । उनी राजा अकबर हैदरीकी पनातिनी हुन् र मोहम्मद लालेह अकबर हैदरीकी भतिजी हुन् । जो आसामका पूर्व राज्यपाल थिए ।

 

७.   किरण राव

आमिर खानकी पत्नी किरण राव बलिउडकी शान्त स्वभावकी नायिका मानिन्छिन् । धेरैलाई यो कुरा थाहा नहुन पनि सक्छ कि उनको जन्म एक राजपरिवारमा भएको थियो । किरणका हजुरबा जे रामेश्वर वानापार्थीका राजा थिए । किरणको जन्म तेलंगानामा भएको थियो र उनको बाल्यकाल कोलकातामा बितेको थियो ।

प्रतिक्रिया दिनुहोस्