जहाँ ६० हजारमै नागरिकता बिक्छ



सप्तरी : एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

 

सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे त्यो विदेशी नागरिक नै किन नहोस्। विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो।

 

गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेको छ। नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले बताएकाे छ ।

 

नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् ‍।

 

केही दिनअघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना