वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन



घोराही : घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उनको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाै‌, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो ।

 

तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी हुनुभएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्