‘मिस एन्ड मिस्टर सुदूरपश्चिमाञ्चल’को तयारी पुरा



कैलाली : सुदूरपश्चिममा सञ्चालन हुँदै आएको 'मिस एन्ड मिस्टर सुदूर पश्चिमाञ्चल टुरिजम नेपाल'को तयारी पुरा भएको छ ।

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर १५ गते हुन लागेको प्रतियोगिताको चौथो संस्करणको तयारी पुरा भएको आयोजकले जानकारी दिएको हो । 

१५ युवा र १५ युवती गरी ३० जना प्रतियोगिताको अन्तिम चरणमा छनौट भएका छन् । यो वर्ष हुने प्रतियोगिताको निर्णायकको रूपमा राजेश हमाल, गोपाल कक्षपति र सञ्चिता लुइँटेल रहेका छन् । 

प्रतियोगितामा प्रथम हुने 'मिस एन्ड मिस्टर'ले स्कुटर र मोटरसाइकल पुरस्कार पाउने बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

प्रतिक्रिया दिनुहोस्