बिहानै घरबाट निस्किएकी किशोरी मृत फेला 



कैलाली : कैलालीको टीकापुरमा एक किशाेरी मृत अवस्था फेला परेकी छन् । टीकापुर नगरपालिका- १ ब्लक नम्बर १६ मा १६ वर्षिया किशोरी मृत फेला परेकी हुन् । टीकापुर नगरपालिका- १ बस्ने १६ वर्षिया पुजा थापा घर नजिकै मृत अवस्थामा भेटिएकी ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। 

 

बिहानै घरबाट निस्किएकी किशोरी शव केही घण्टामै घरबाट करिब २०० मिटर पर खेतमा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा कुनै घाउचोट देखा नपरेको र घटनाकाे थप अनुसन्धान भइरहेको टीकापुर प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्