हडतालका कारण धनगढी अस्तव्यस्त



धनगढी :  प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज यहाँको जनजीवन प्रभावित बनेको छ । 

हडतालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका क्षेत्र ठप्प रहेपछि जनजीवन प्रभावित भएको हो । हडताल आह्वानकर्ताले बिहानदेखि धनगढी बजारमा प्रदर्शनसमेत गरेका छन् । धनगढीलाई प्रदेश नं ७ को अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो रकम खर्च भइसकेको अवस्थामा कुनै पूर्वाधार नरहेको र जङ्गल क्षेत्र रहेको कैलालीको गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी रहने स्थानको सिफारिश गर्नु उपयुक्त नभएको स्थानीयवासीको भनाइ छ । 

प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी बनाउन उपयुक्त हुने ठहरसहित प्रतिवेदन प्रस्तुत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । नेपाल कृषि

काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् । एसिड

नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का

बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको

विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे