नेपाल आइडलबाट बाहिरिए पवन गिरी



काठमाडौं : विश्वमै सर्वाधिक हेरिनेको सुचीमा दोस्रो नम्बरमा परेको रियालिटी सो नेपाल आइडलबाट पवन गिरी बाहिरिएका छन् । अन्य ५ प्रतिस्पर्धीको तुलनामा कम भोट ल्याएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । 

 

प्रतियोगिताबाट बाहिरिएका उनी शुक्रबारकै कार्यक्रममा भने उत्कृष्ट प्रस्तुति दिएकमा ‘पर्फमर अफ द डे’ घोषित भएका थिए ।

 

पवन बाहिरिँदा कार्यक्रमको माहौल निकै भावुक बनेको थियो । अब नेपाल आइडलमा पाँच प्रतिस्पर्धी बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्