सर्लाहीमा सशस्त्र चढेकाे जिप दुर्घटना, ६ जना घाइते



सर्लाही : सर्लाहीमा सशस्त्र प्रहरीको जिप दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् ।

 

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत ढग्रा पुलमा शुक्रबार साँझ ना१झ ६९३ नम्बरको टाटा पिकअप जिप पुलमा ठोक्किएको सशस्त्र प्रहरीका उपरीक्षक समरबहादुर श्रेष्ठले जानकारी दिए । 

 

दुर्घटनामा घाइते हुनेहरुमा चालक सशस्त्र प्रहरी जवान उपेन्द्र गुरुङ, वरिष्ठ हवल्दार रामपुकार राय यादव, जवान पूर्णबहादुर पौडेल, जवान रवीन्द्र चौधरी रहेका छन् ।

 

घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको छ । कविलासीको गैर चोकस्थित चेक प्वाइन्टको ड्यूटी टोलीलाई पालो दिन सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर आउँदै गरेको गरेकाे थियाे । पुरानो भएकाले स्टेरिङ्ग फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्