मेयरले कुटे लेखाअधिकृत



महाेत्तरी : भनेको कुरा न मानेको, निर्देशन पालन नगरेको भन्दै महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफ्नै नगरपालिकाका लेखाअधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् ।

 

मेयरले कर्मचारीलाई झापड हानेको भन्दै नगरपालिकाका कर्मचारी तितरवितर भएका छन् । सञ्चारकर्मीले घटनाबारे सोधेपछि मेयर साहले झापड हानेको स्विकारे । भने, ‘हिसाबबारे मौखिक र लिखित निर्देशन दिएँ अटेर गरेपछि झापड हानें ।’

उनले हिसाब पारदर्शी राख्न र मागेको बेला जनप्रतिनिधिलाई दिन दिएको निर्देशन लेखाअधिकृतले अटेरी गरेकोले पिटेको बताए । उनले रिसाउँदै भने, ‘पैसा दिएपछि मात्र काम गर्नेलाई के गर्ने त ? 

 

मेयरले अधिकृत पिटेपछि कर्मचारीहरु मेयरप्रति आक्रोशित भएका छन् । दुई कित्तामा विभाजित कर्मचारी कोही मेयरको पक्षमा त कोही लेखाअधिकृतको पक्षमा लबिङ गरिरहेका छन् । तर मेयर साहका अनुसार लेखाअधिकृतबाहेक सम्पूर्ण कर्मचारी अहिले पनि काममा छन । अन्य कर्मचारी पनि लेखाअधिकृतप्रति रुष्ट भएको मेयरले बताए ।

झापड हानेको विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत कारबाहीको ज्ञापनपत्र दिन र कानुनी प्रक्रियाबारे छलफल भइरहेको कुटिएका लेखाअधिकृत अधिकारीले बताए । 

 

प्रतिक्रिया दिनुहोस्