दाेस्राे पटक हटाइयाे कुरुप बनेकाे जाखोर तालकाे जलकुम्भी



कैलाली : धनगढी उपमहानगरपालिकाले जाखोर तालमा रहेको जलकुम्भी सफाई गर्ने अभियानलार्इ शनिबार पनि निरन्तरता दिएको छ ।  

 

शनिबार तालको जलकुम्भी हटाउने कार्य दोस्रो पटक भएकाे हो । पहिलो पटक उपमहानगरपालिकाका मेयर नृप वड, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना, जनप्रतिनिधि, स्थानीयको टोलीले तालको जलकुम्भी हटाउने कामको सुरुवात गरेको थियो । 

 

उक्त दिनदेखि हरेक हप्ताको शनिबार तालको दिन सरसफाई गर्ने उपमहानगरपालिकाले जनाएको छ । साेही निर्णय अनुरुप उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले तालको जलकुम्भी हटाउने काम गरेका छन् ।  

 

धनगढी उपमहानगरपालिका वडा नम्वर ७ मा अवस्थित देवरिया वनस्पती उद्यानसँगै जोडिएको जाखोर ताल जलकुम्भीलगायतका बाेटविरुवाले पुरिएको छ । 

झण्डै १३ हेक्टर क्षेत्रमा फैलिएको तालमा अहिले जलकुम्भीले गर्दा पुरै ताल कुरुप बनेकाले उक्त तालको सरसफाई अभियान सुरु गरेको हो । तर, तालको पूर्णरुपले सरसफाई गर्न अझै समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्