निक–प्रियंका वा रणबीर–दीपिका ? थाहा पाउनुस् को धनी



बलिउडको ‘पावर कपल’ रणबीर सिंह र दीपिका पादुकोण केही दिनदेखि चर्चामा छन् – विवाहका कारण ।

विवाहकै कारण अर्को एक जोडी पनि चर्चामा छन् – प्रियंका चोपडा र निक जोनस । डिसेम्बर एक र दुई तारिखमा यो स्टार कपलको धूमधामसँग विवाह हुँदैछ । यी दुईको जोधपुरस्थित उम्मेद भवन प्यालेस चार दिन विवाह कार्यक्रम सुरु भइसकेको छ ।

रणबीर–दीपिका र निक–प्रियंका निकै चर्चित जोडी हुन् । यी जोडीका प्रशंसक लाखौंमा छन् । यी दुईबीच तुलना हुनु स्वभाविक हो । यसैबीच यी जोडीको सम्पत्तिमा समेत तुलना भइरहेको छ ।

रिपोर्टलाई मान्ने हो भने प्रियंकाको कूल सम्पत्ति २८ मिलियन डलर छ । यस्तै निक जोनसको कूल सम्पत्ति २५ मिलियन डलर हो । यी दुईको कूल सम्पत्ति ५३ मिलियन डलर अर्थात् पाँच अर्ब ९० करोड रुपैयाँ हुन्छ ।

यस्तै, दीपिकाको कूल सम्पत्ति ११ मिलियन डलर बताइन्छ र रणबीरको पनि लगभग यति नै सम्पत्ति भएको रिपोर्टले बताएको छ । दुबैको कूल सम्पत्ति २२ मिलियन डलर अर्थात् दुई अर्ब ४५ करोड रुपैयाँ हुन्छ ।

यो आँकडालाई विश्वास गर्ने हो भने प्रियंकाको सम्पत्ति निकको भन्दा धेरै छ र दीपिका रणबीरको कूल सम्पत्ति निक जोनसको भन्दा कम छ ।

दीपिका र रणबीर बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक दिइने स्टार्समा गनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्