धनुषामा दुर्इ महिनामा २६ दुर्घटना, ११ को मृत्यु 



जनकपुरधाम । आर्थिक वर्ष २०७५/०७६ को पछिल्लो दुर्इ महिनामा २६ ओटा दुर्घटनामा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय धनुषाको तथ्यांकले देखाएकाे छ । जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख दीपक साहले अाज एक तथ्याङ्क सार्वजनिक गर्दै यस्ताे जानकारी गराएका हुन् । उनका  अनुसार एक महिनामा अाैषतमा ५ जनाको मृत्यु हुने गरेकाे छ ।

 

ट्राफिक प्रमुख साहले वितेको दुर्इ महिनामा जम्मा २६ दुर्घटनामा भएका र यी दुर्घ६नामा १९ जना गम्भिर घाइते र ९ जना सामान्य घाइते भएकाे जनाए । वितेको साउन महिनामा ११ दुर्घटनामा परी ४ को मृत्यु र ८ जना गम्भिर घाइते उनले जनाए । त्यस्तै भाद्र महिनामा १५ दुर्घटनामा ७ को मृत्यु र ११ जना गम्भिर घाइते भएको तथ्यांकले देखाउँछ । दुर्इ महिनामा मात्र ४ हजार ९ सय २८ ओटा सवारी साधनहरुलाई कार्बाही ग़रेर २९ लाख ५७ हजार ५ सय जरिवाना स्वरूप राजस्व संकलन गरिएको प्रमुख शाहले जनाए  ।

 

गत साउन महिनामा मात्र २३ सय ८८ सवारी साधनलाई कार्बाही ग़रेर १४ लाख ४९ हजार ५ सय रुपैयाँ र भाद्र महिनामा २५ सय ४० सवारी साधन कार्बाहीमा १५ लाख ८ हजार राजस्व संकलन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्