हेड-टू-हेडबाट श्रृखंला आउट: टप ३० मा पुग्ने सम्भावना कायमै



काठमाडौंः चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा नेपालकी श्रृखंला खतिवडा पराजित भएकी छिन् । 

 

पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा २० देशका सुन्दरी छानिएका थिए । श्रृखंलासँग प्रतिस्पर्धामा सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेह थिइन । उनै भेनिसासँग श्रृखंला पराजित भइन् ।

 

पराजीत भएसँगै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेकी छन्, यद्यपी उनको सम्भावना भने कायमै रहेको छ ।

 

हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् ।

 

उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने सम्भावना देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्