संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई



धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । 

 

सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको स्थापना गर्न धनकुटामा आज आयोजना गरेको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् । 

 

देश सङ्घीयतामा गएकाले सङ्घीय संरचनाबाट जनतालाई सेवाको अनुभूति गराउने क्रममा प्रदेश सरकार रहेको भन्दै उनले जनताको भावना र मर्मअनुसार काम गर्ने बेला आएको बताए । 

 

मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो कोसेली दुई वटा शक्तिशाली निर्देशनालय धनकुटाले पाएको भन्दै धनकुटेली जनतालाई बधाई दिएका थिए । पहिले पूर्वाञ्चलको सदरमुकाम रहेको धनकुटाबाट अस्थायी राजधानी विराटनगर तोकिँदा आन्दोलित धनकुटेलीको भावनामा निर्देशनालयको स्थापनाले सम्मान पुगेको भन्दै मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी धनकुटा हुन्छ की हुन्न भनेर धेरै चिन्तित नहुन आग्रह गरे । 

 

सोही अवसरमा मुख्यमन्त्री राईले देश सङ्घीयतामार्फत नयाँ ढाँचामा जाने क्रममा रहेकाले पुरानो ढाँचाको संरचना सम्झेर राजधानी कहाँ हुने र नामाङ्कन के हुनेमा अल्मलिनु नहुने बताए । 

 

उनले अहिले सानातिना विषयमा अल्मलिँदा प्रदेशको दीर्घकालीन विकासमा समस्या हुन सक्ने भन्दै उच्च मानसिकताका साथ राजनीतिक दल र कर्मचारी जनताको काममा लाग्नुपर्नेमा जोड दिए । 

 

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शिक्षा स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर भएर लाग्ने धारणा राखे । 

 

प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, नीरन राई, कुसुमकुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुवान धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले प्रदेश सरकारले दुई वटा निर्देशनालय स्थापना गरेकामा सराहना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ