‘सेवा केन्द्रको नाममा सबै कार्यालय सार्न लागियो’



जनकपुरधाम: धनुषा चेम्बर अफ कमर्सले सरकारी सेवा केन्द्र सार्न लागिएको प्रति आपत्ति जनाएको छ ।

 

मंसिर १६ गते आइतबार प्रेस विज्ञप्ति जारी गरी उसले संघीय सरकारले गरेको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले भनेको छ – संघीय सरकारद्वारा पटक पटक कार्यालय सार्ने षडयन्त्रपूर्ण आक्रमण भएको र यस भेगका जनतालाई अधिकारविहीन बनाइएको छ । विस्तारै सबै कार्यालय महोत्तरीको बर्दिबास सार्न लागिएको प्रति हाम्रो आपत्ति छ ।

 

उसले खासगरी जनकपुरमा रहेको यातायात व्यवस्था कार्यालय सार्न लागिएको प्रति आपत्ति जनाएको हो । सेवा केन्द्रको नाममा विस्तारै सबै कार्यालय बर्दिबास सार्न लागिएकोलाई गम्भीर आशंकाको रूपमा चेम्बरले लिएको छ ।

 

साथै बर्दिबासमा सार्न लागिएको यातायात सेवा कार्यालय तुरुन्त फर्काउनुपर्ने र यथास्थानबाटै सबै सेवा उपलब्ध गराउनुपर्ने चेम्बरको माग छ । सेवा केन्द्र सार्र्नुलाई हस्तक्षेपको नाम दिएको चेम्बर कमर्स धनुषाले संघीय सरकारले प्रदेशलाई कमजोर बनाउने षडयन्त्रसमेत रचेको आरोप लगाएको छ ।

 

यसलाई संघीय सरकारको कुत्सित मानसिकता बताएको चेम्बरले प्रदेश २ सरकारलाई समेत यस विषयप्रति ध्यानाकर्षण गराएको छ । निर्णयविरुद्धसमेत प्रदेशका सबै माननीयलाई उसले विरोध गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्