
तौलिहवा : बंगुर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी छन् ।
ढाडी र कुर्मीले महाराजगन्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेका ११ बंगुर चोरी गरेका हुन् । दुवै जनालाई चाेरिएका सबै बंगुरसहित तौलिहवाबाट साेमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताए। चोरीमा संलग्न एक जना फरार छन् ।