पोखरा प्रिमियर लिगको टिम र मार्की प्लेयर घोषणा



पाेखरा: आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ । 

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । 

पिपिएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माण कार्य भइरहेको सो अवसरमा जानकारी दिइयो । 

आज घोषणा गरिएको टोलीमा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् । 

 

प्रतिक्रिया दिनुहोस्