दुर्घटनामा ज्यान गुमाएका साहका परिवारलाई साथीको सहयोग



वीरगंज : मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका वीरगन्ज १६ गणेशटोल नगवाका रन्धीर साहका आफन्तलाई चितवनका मोटरसाइकल मर्मत गर्ने मजदुरहरूले राहत संकलन गरी नगद सहयोग उपलब्ध गराएका छन् ।

 

मोटरसाइकल मर्मत गर्ने वीरबहादुर नेपालीले ६० जना सहकर्मीबाट संकलन गरेका ७१ हजार ५ सय रुपैयाँ वडाअध्यक्ष श्यामबाबु चौरसियामार्फत मृतकका आफन्तलाई उपलब्ध गराए ।गणेशटोलस्थित मा वैष्णों मन्दिरमा भेला भई स्थानीय प्रहरी प्रशासनको उपस्थितमा मृतककी पत्नी सवितालाई राहत दिइएको हो । 

 

३० बर्से रन्धीरको गत कात्तिक २५ गते चितवनमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको थियो । रन्धीर अढाई वर्षदेखि भरतपुर महानगरपालिका ११ स्थित गणेशथानमा मोटरसाइकल मर्मतसम्बन्धी काम गर्दै आएका थिए । उनका २ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्