‘हेलिकप्टरमा सबैको पहुँचमा पुर्याउँछौं’



काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

 

यसलाई विपत्तिको साथी मान्ने गरिएको उनको भनाइ छ। राजधानीमा मंगलबार आयोजना गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले नेपालका सबै स्थानमा हेलिकप्टरको पहुँच पुर्‍याउने बताए। यसका लागि सरकारले गाउँपालिका र नगरपालिकाका सबै वडामा हेलिप्याड बनाउने योजना बनाएको छ।

 

उनले होलिकप्टरको उडानआधार बढाएर बढीभन्दा बढी विमानस्थलबाट सेवा दिने व्यवस्था मिलाइने जानकारी दिए। नेपालको हवाई उड्डयलाई पाँच वर्षदेखि युरोपेली युनियन (इयू)ले कालोसूचीबाट अझै नहटाएको प्रसंग उल्लेख गर्दै अधिकारीले भने, ‘ छिटोभन्दा छिटो यसलाई हटाउने प्रयासमा सरकार छ।’

 

इयूकै छाता संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले भने हटाइसकेको छ। मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाइ, बलियो संस्थाका रूपमा अगाडि बढाउन रणनीतिक साझेदार वा निजी–सार्वजनिक साझेदारीमा लैजानुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्