मेलिनाले ल्याइन् ‘तिम्ले बाटो फेर्यौ अरे–२’



काठमाडौं : गायिका मेलिना राईले ‘तिम्ले बाटो फेर्यौ अरे’को चर्चा पछि यसैको अर्को भर्सनका रुपमा ‘तिम्ले बाटो फेर्यौ अरे २’ ल्याएकी छन् । दर्पण राईको शब्द रहेको गीतमा विक्रम राईको संगीत छ ।

‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो गीतलाई लिएर मेलिना निकै उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे’ले निकै सहयोग पुर्याएको छ’ मेलिनाले भनिन् ‘दोस् भागले मेरो करिअरमा थप उचाई दिनेछ ।’

गीतको आकर्षक भिडियो समेत बनेको छ । शान थापाको निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्